


काठमाडौं,१६चैत। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आजबाट सुरु हुँदैछ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको उद्घाटन हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्नेछन्। उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ।

काठमाडौं र ललितपुरले हालसम्म ४ वटा खेलमा आमने सामने भएका छन्। जसमा काठमाडौंले ३ खेलमा जित हात पारेको छ भने १ खेल ललितपुरले जितेको छ। यो प्रतियोगिता ७ टोलीले उपाधिको लागि खेल्नेछन्।
कमेन्ट गर्नुस्

