
काठमाडौं,१६चैत। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गर्दै पक्राउ परेका पार्टीका नेताहरुलाई २४ घण्टाभित्र विना सर्त रिहा गर्न अल्टिमेटम दिएको छ।
शुक्रवार राजावादीहरु आन्दोलन हिसांत्मक भएपछि प्रहरीले पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई पक्राउ गरेको थियो। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न र नेताहरुको रिहाईको माग गरेको हो।
Advertisement

Advertisement
Advertisement

पार्टीका नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
उनले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको भन्दै प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्धत रहेको बताए। उनले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रुपमा अश्रुग्यास प्रहार भएपछि घटना घट्न पुगेको जिकिर गरे।
बैठकले शुक्रबार भएको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। उनले सरकारले घटनामा सुरक्षा दिन नसकेको भन्दै बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न अपीलसमेत गरेको छ।

