


काठमाडौं,१७ चैत। काठमाडौं महानगरपालिकाको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न नमानेपछि नगर प्रहरीले उक्त पत्र हुलाकमार्फत निर्मल निवासमा पठाएको छ।
शुक्रवार राजावादीको आन्दोलनमा फोहोर, तोडफोड भएको भन्दै महानगरपालिकाले पूर्वराजा शाहको नाममा ९ वटा शीर्षकमा ८ वटा पत्रमार्फत ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र काटेको थियो ।

जुन पत्र आइतबार महानगरपालिकाको टोलीले पूर्वराजा शाहलाई बुझाउनका लागि निर्मल निवासमा जाँदा सुरक्षाकर्मीले उनीहरुलाई गेटबाटै फर्कादिएका थिए। पत्र नबुझेर टोलीलाई फर्काइएपछि हुलाक मार्फत पत्र पठाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए।

