Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारमा सहकारी र संचारकर्मीबीच अन्तरक्रिया
    अर्थ

    मर्चवारमा सहकारी र संचारकर्मीबीच अन्तरक्रिया

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १९, मंगलवार १३:२८ गते
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार,१९चैत। मर्चवार क्षेत्रका सहकारीकर्मी तथा संचारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। देशको विभिन्न क्षेत्रमा सहकारीहरुले बचतकर्ताको बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारमा रहेका सहकारी संस्थाहरुले बचतकर्तालाई विभिन्न सुविधाहरु प्रदान गरिरहेको कार्यक्रमका वक्ताहरुले जोड दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ६८औ राष्ट्रिय सहकारी दिवसको अवसरमा रोइनिहवामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको बताएका हुन। श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका यस्ता असल प्रयासहरु संचारकर्मीले उठान गरिदिनु पर्ने सहकारी संचालकहरुले आग्रह गरे।

    जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले सामाजिक संजालमा अहिले सहकारीप्रति हुँदै नभएको विभिन्न नकारात्मक सन्देशहरु आउने गरेको हुँदा संचारकर्मीहरुले यसलाई चिर्न स्थलगत अवलोकन गरेर समाचार सम्प्रेषण गर्न आग्रह गरे।

    भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका ब्यवस्थापक अशोक कुमार तिवारीले मर्चवारमा अझै पनि सहकारी शिक्षाको कमी रहेकोले सरकारले प्रविधीमैत्री एक घर एक सहकारी शिक्षा आवश्यक रहेको औल्याए। उनले नियमअनुसार नै समुदाय स्तरमै सहकारी संचालन हुनु मर्चवारका सहकारीको दिगो संचालनको आधार रहेको बताए।

    उनका ०५७ साल माघको २२,२३ र २४ गते मर्चवारमा १४ वटा स्वावलम्बनहरुको दर्ता गरिएको थियो । हाल १४ वटा सहाकरीमा १० करोड ४२ लाख १३ हजार ५ सय रुपैया शेयर पूंजी रहेको छ। यस्तै उक्त सहकारीहरुमा ९० करोड ९२ लाख १२ हजार रुपैयाँ बचत रहेको उनले जानकारी दिए। ८५ करोड ७५ लाख १५ हजार रुपैयाँ ऋण लगानी रहेको १४ वटै सहकारीहरुको कुल सम्पत्ती १ अर्ब ११ करोड बढी रहेको छ। १४ वटा सहकारीमा कुल १५ हजार ७ सय २० सदस्य मध्ये ८ हजार ३ सय ७२ जना महिला रहेका छन्।

    मधेशी पत्रकार समाज लुम्बिनी प्रदेश अध्यक्ष रामविकास चौधरीले समुन्नत समाज निर्माणका लागि सहकारीकर्मी र संचारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए । उनले पत्रकार भनेको ऐना जस्तै रहेको र ऐनाले जस्ताको त्यस्तै देखाउने भएकोले यसलाइ नकारात्मक रुपमा नबुझ्न आग्रह गरे।

    भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम गडेरियाको अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीको प्रमुख आतिथ्यता, मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी तथा मर्चवारी सहकारी सन्जालका संयोजक फूलमन केवटको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका व्यवस्थापक अशोक कुमार तिवारी लगायत, मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा, मर्चवार प्रेस क्लवका अध्यक्ष हृदयराम गुप्ता, बिन्दवासीनी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक दिलीप सहानी, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक महन्थ प्रसाद लोध, ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक बिरेन्द्र पाल लगायतकाले बोलेका थिए।

    कार्यक्रम सहकारीका कर्मचारी राम अनुज प्रताप नारायण त्रिपाठीको संचालन र स्वावलम्बनको कोषाध्यक्ष राम केवल यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मधेशी पत्रकार समाज मर्चवार मर्चवार सहकारी राष्ट्रिय सहकारी दिवस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.