


भैरहवा, १९ चैत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं वरिष्ठ नेता दीपक बोहराको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
राप्रपा केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले बोहोराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाए।

उनका अनुसार बैठकले तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
सांसद बोहराको मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। बोहराको निधनबाट पार्टीलाई र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको जनाएको छ।

