
थाइल्याण्ड, २० चैत। नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपालमा तर्फबाट परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले र संस्कृतिसम्बन्धी समझदारीपत्रमा थाइल्याण्डका तर्फबाट संस्कृतिमन्त्री सुदावान वाङ सुफा किजकोसोल तथा पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरे।
Advertisement

Advertisement
Advertisement

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच पनि सम्झौता भएको छ। महासंघ र थाईल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको हो। दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितिमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङगुबोल्कुलले हस्ताक्षर गरे।
यस समझदारीले नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने, तथा व्यापार र लगानी विस्तारका लागि संरचित रुपरेखा तयार गर्ने लक्ष्य राखेको छ। साथै, दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। त्यस्तै नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्डको पर्यटन परिषद्बीच हस्ताक्षर भएको छ। काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच पनि सम्झौता भएको छ ।
थाइल्याण्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली थाइल्याण्ड आएका हुन्।

