
काठमाडौं,२० चैत। काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रर्दशनको क्रममा ज्यान गुमाएका मृतकका परिवारलाई सरकारले राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।
बुधबार गृहमन्त्री रमेश लेखकले मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार मन्त्रालयको उक्त निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेश गरिनेछ। गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा आगजनीमा परेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

