


भैरहवा,२० चैत। रुपन्देही प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ (मिस्कट) उत्खनन् गरिरहेको सवारीसाधन नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय ओमसतियाबाट खटिएको टोलीले ओमसतिया गाउँपालिका–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसापसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जनाए।
उनका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ६० हजार रुपैयाँ जरिवाना कारवाही भएको छ ।

