Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लक्ष्य भेट्टाउने प्रयासमा भैरहवा ‘कर कार्यालय’
    अर्थ

    लक्ष्य भेट्टाउने प्रयासमा भैरहवा ‘कर कार्यालय’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २१, बिहीबार १४:१२ गते
    advertisement
    advertisement
    advertisement

    मनोरञ्जन शर्मा

    भैरहवा,२१चैत। आन्तरिक राजस्व कार्यालय भैरहवाले ७ अर्ब २८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ०५ प्रतिशत राजस्व संकलन गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    राजस्व विभागले कार्यालयलाई ८ अर्ब ९ करोड १६ लाख रुपैयाँ असुलीको लक्ष्य दिएको थियो। विगतका केही वर्षमा कार्यालयले राजस्व संकलनमा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएको राजस्व कार्यालय भैरहवाले सत प्रतिशत संकलन गर्न नसके पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतमाथि राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताए ।

    मासिक राजस्व संकलनको लक्ष्यसमेत पूरा गर्न नसकेको कार्यालयले चालु आवको ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिएअनुसारको राजस्व संकलन गरेको छ भने अन्य महिनामा पनि उल्लेखनीय रुपमा राजस्व संकलन गरेको पोखरेलले जानकारी दिए ।

    कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख संकलन गरेको छ। यो लक्ष्यको १०० दशमलव ६० प्रतिशत हो। गत आवको फागुन महिनामा संकलित राजस्वसँग तुलना गर्दा चालु आवको फागुनमा २० दशमलव ८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपैयाँ बढी हो। कार्यालयले चालु आवको ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख, अन्तशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख संकलन गरेको छ।

    बजार अनुगमन, करको दायरामा नआएका र छुटेकाहरुलाई दायरामा ल्याउने, आमसर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छल्नेलाई कारबाही, कर बक्यौता असुली लगायतका काममा समेत कार्यालयको टिम लाग्दा राजस्व संकलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोखरेलले बताए।

    ‘अहिले सबैमा करबारे बुझाउनु पर्छ। करको दायरामा जानुपर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएकोले राजस्व संकलनमा सुधार भएको हो’,उनले भने ।

    राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको ५ देखि १७ सम्म, देवदह नगरपालिकाको १,२,३,४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आन्तरिक राजस्व कार्यालय कर कार्यालय राजस्व संकलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.