Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा बटुकलाई ‘आध्यात्मसँग आइटी’ प्रशिक्षण
    समाचार

    भैरहवामा बटुकलाई ‘आध्यात्मसँग आइटी’ प्रशिक्षण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २२, शुक्रबार १४:४५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२२ चैत। रुपन्देहीको भैरहवास्थित संस्कृति विद्या सन्यास आश्रमका बटुकहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको छ।

    आधुनिक शिक्षा र विश्वमा भइरहेका नविनतम जानकारी प्रदान गर्ने उद्देश्यले उनीहरुलाई सूचना प्रविधि ज्ञान प्रदान गर्न लागिएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपटेक ट्राइव र अमेरिकन कर्नर भैरहवाको आयोजनामा वटुकका लागि शनिवार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा ‘आध्यात्मसँग आइटी’ कार्यक्रम सञ्चालन हुने भएको हो।

    रुपन्देहीका विभिन्न स्थानमा सूचना प्रविधिबारे सचेतना र जानकारी प्रदान गर्दै आएको संस्था नेपटेक ट्राइवका अध्यक्ष प्रवीण अधिकारीले पहिलोपटक आयोजना गरिएको प्रशिक्षणमा आश्रमका बटुकलाई सूचना प्रविधिसम्बन्धि प्रारम्भिक जानकारी गराइने जानकारी दिए। यसपछि पनि क्रमशः विभिन्न चरणमा यस्ता कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ। आश्रममा ४८ बटुक अध्ययनरत छन् ।

    आश्रमका प्राचार्य घनश्याम भट्टराईले बटुकलाई आश्रमभित्र सूचना प्रविधिसित घुलमिल हुन रोक लगाएपनि यस्ता प्रशिक्षणले उनीहरुलाई विश्वमा सूचना प्रविधिका क्षेत्रमा भइरहेको परिवर्तनबारे बुझन र ज्ञानको दायरा बढाउन मद्दत पुग्ने बताए। ‘हाम्रा विद्यार्थी संस्कृतमा जानकार भएपनि बाहिरी प्रविधिमा पहुँच हुँदैन’,उनले भने, ‘१०÷१२ कक्षासम्म वटुलाई प्रविधिसँग घुलमिल हुन दिदैनौं ।’

    नेपटेक ट्राइव संस्थाका सचिव सुधीर आर्यालले प्रशिक्षणका क्रममा सूचना प्रविधि, साइबर सुरक्षाका वर्तमान प्रविधि र डिजिटल माध्यामको सहयोगबाट परम्परागत, धार्मिक र अध्यात्मिक अभ्यासलाई प्रभावकारी बनाउन सकिने विषयमा जानकारी गराइने बताए।

    ‘विशेषज्ञ, धार्मिक, आध्यात्मिक गुरु, विद्यार्थी र प्रविधिमा रुची राख्नेहरुबीच अन्तरक्रिया हुनेछ,’उनले भने,‘साथै साइबर अवधारणा, डिजिटल सञ्चार नैतिकता, प्रविधि र अध्यात्मिक अभ्यासको भविष्यबारे बहस पनि गरिने छ ।’

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अमेरिकन कर्नर बटुक भैरहवा संस्कृति विद्या आश्रम संस्कृति विद्या सन्यास आश्रम सिद्धार्थ उद्योग वाणिज्य संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.