
काठमाडौं,२२ चैत। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सिरियामा तैनाथ भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरुको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरु प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएका थिए।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४४८ जना शान्ति सैनिकहरु कार्यरत छन् ।

