


भैरहवा, २२चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले क्लिक लुम्बिनीलाई जानकारी दिए।

त्यस्तै पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत रुपन्देहीले पूर्पक्षका लागि थुनामा पठाउने गरेको आदेश उच्च अदालतले सदर गरेको उनले बताए।
जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआईजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । यही आदेश चित्त नबुझेको भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । जोशीले आफुलाई धरौटीमा छाड्नुपर्ने भन्दै निवेदन दिएका थिए।

