


भैरहवा, २५ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई कारागारमा नयाँ झुल, बाल्टी, मेट्रेस लगायत सामग्री उपलब्ध गराइएको छ ।
भैरहवा कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ ।उक्त ब्लकमा उनलाई एक्लै राखिएको छ ।

गर्मीयाममा लाग्ने मच्छरको टोकाईबाट जोगिनका लागि एक थान झुल, एक थान पानी प्रयोगका लागि बाल्टी र सुत्नका लागि एक थान मेट्रेस, टेबल पंखा लगायत आवश्यक सामग्रीको ब्लक नम्बर ४ मा व्यवस्थापन भएको स्रोतले क्लिक लुम्बिनीलाई बतायो ।
सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेशमा धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रवार उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो । जस अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरी सोमबार जिल्ला अदालतमा उपस्थिती गराएर जिल्ला कारागार भैरहवा चलान गरिएको हो ।

