Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिदा बढ्यो असन्तुष्टि
    अर्थ

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिदा बढ्यो असन्तुष्टि

    प्राधिकरणका डिजीलाई कारवाहीको माग
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २६, मंगलवार १२:२९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२६ चैत। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान नभर्दा स्थानीयहरु असन्तुष्ट भएका छन् ।

    विमानस्थलबाट थाइल्याण्डको थाई एयर एशिया, यूएईको फ्लाई दुबई र कुवेतको जजिरा एयरेवजले नियमित उडान गर्दै आएको गत एप्रिल १ तारिख देखि उडान सेवा बन्द गरेका छन् । नेपाल एयरलाईन्सले हप्तामा मलेसिया (क्वालालम्पुर)–भैरहवा–काठमाडौं सेवा दिदैं आएको विमानस्थल कार्यालयले जनाएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ को स्विकृती नलिदाँ उडानहरु नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

    ‘वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि ‘समर सेड्युल’ पेश गरेर नागरिक उड्डयन प्राधिकरणबाट स्विकृती लिनु पर्नेमा अहिलेसम्म लिएका छैनन्’, उनले क्लिक लुम्बिनीसँग भने,‘उडान स्थगित गरेका वायुसेवा कम्पनीहरुसँग सकारात्मक छलफल भइरहेको जानकारी प्राप्त भएको छ । नआएसम्म केही भन्न सकिदैन ।’

    यस क्षेत्रका उद्योगी व्यवसायीहरुले प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीका कारण विमानस्थल संचालनले निरन्तरता पाउन नसकेको भन्दै कारवाहीको माग गरेका छन् ।

    ‘महानिर्देशक प्रदीप अधिकारीले पटक पटक दिएको नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गर्दा विमानस्थल संचालनले निरन्तरता पाउन सकेको छैन’, सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भने,‘अधिकारीलाई कारवाही गरेर सरकारले नियमित उडान सुचारु गराउनुपर्छ ।’ संजालले विज्ञप्ति जारी गर्दै नियमित उडान नभए आन्दोलनमा जाने चेतवानी दिएको छ ।

    साथै, सिद्धार्थ उद्योग वाणिज्य संघले पनि विभिन्न अन्तरक्रिया कार्यक्रममा मन्त्री लगायतहरुले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिवद्धता जनाएपनि नेपाल एयरलाइन्स बाहेक अन्य सबैले उडान स्थगित गरेकोमा ध्यानार्कषण भएको जनाएको छ ।

    पटक पटक ताकेता गर्दा पनि उडान स्थगित भएकोमा आपत्ति जनाउँदै उडान सुचारु नभए कडा कदम चाल्ने बाध्य हुने जनाएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान नगर्दा यस क्षेत्रमा लगानी भएको अर्बौ रुपैयाँ जोखिममा परेको उद्योगी व्यवसायीहरुको भनाई छ ।

    यस्तै लुम्बिनी प्रदेशका नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कर्मस, उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान कटौती भएकोमा संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

    जारी विज्ञप्ती प्रश्न गर्दै भनिएको छ ‘कुन अदृष्य शक्तिले यस क्षेत्रको समृद्धिको आधारको रुपमा स्थापना भएको विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ?

    विमानस्थल सञ्चालनका लागि तदारुकता देखाएको भने पनि सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक आधारभूत कार्यालयहरु भैरहवामा स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उडान स्थगित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा भैरहवा अन्तराष्ट्रिय विमानस्थल भैरहवा विमानस्थल सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थ संजाल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.