Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सहकारीको विवादले छोरीहरुको विवाहमा लुटिएको खुशी
    अर्थ

    सहकारीको विवादले छोरीहरुको विवाहमा लुटिएको खुशी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २७, बुधबार १४:२८ गते
    सम्मरीमाई गाउँपालिकास्थित बन्द रहेको सहकारी कार्यालयको भवन र पीडित मादिका लोनिया (इन्सेटमा) । तस्विर : हृदयराम गुप्ता
    advertisement
    advertisement
    advertisement

    हृदयराम गुप्ता

    मर्चवार,२७ चैत। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ सेमरहवाका मादिका लोनिया पेशाले कृषक हुन् । कान्छी छोरीको ०८२ बैशाख ५ गते विवाह तय छ । न्यून आय स्रोत रहेको लोनियाले एकमुष्ठ पैसा झिकेर छोरीको विवाह गर्नका लागि वर्षौ देखि स्थानीय सहकारीमा आफ्नो पसिनाको थोरै-थोरै कमाई बचत गर्दै आएका थिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा उनले करिब ६ लाख रुपैयाँ बचत गरेका छन् । तर, सहकारीमा सञ्चालक समिति र कर्मचारीबीचको विवादले उनलाई विवाहको अन्तिम समयमा ‘डुबाएको’ छ । छोरीको विवाह नजिकै आइसक्दा समेत आफ्नो बचत फिर्ता नपाउँदा उनी चिन्तित छन् ।

    ‘छोरी विवाहका लागि मैले थोरै-थोरै गरेर सहकारीमा रकम जम्मा गर्दै आएको थिए’,उनले भने, ‘तर, अहिले सहकारीमा सञ्चालक समिति र कर्मचारीबीच विवाद रहेको भन्दै मेरो बचत रकम दिन मानेका छैन ।’ विवादका कारण उक्त सहकारी बन्द छ ।

    उनले थपे–‘बचत रकम फिर्ता लिन सहकारीका अध्यक्षसँग जाँदा विवाद अन्त्य नभएसम्म कुनै विकल्प नरहेको सुनाउनुहुन्छ । विवाद के हो ? कसरी भयो ? कसरी अन्त्य हुन्छ ? त्यो मलाई थाहा भएन। तर, बचत गरेको आफ्नो पसिनाको कमाई मैले पाउनुपर्छ। अरु थाहा भएन ।’

    छोरीको विवाह खर्चका लागि आफन्तसँग ऋण खोज्न जाँदा आर्थिक मन्दीका कारण ऋण समेत नपाइएको उनले पीडा सुनाए ।

    सम्मरीमाई–६ बस्ने नन्दलाल चौहानको पनि समस्या उस्तै छ । उनले विवाहको लगन हरेर वैशाखमा छोरीको विवाह तय गरेका छन् । विवाहको मिति जति नजिकिदैं छ उनलाई पीडाले त्यती सताउँदै गएको छ । उनले पनि सोही सहकारीमा बचत रकम माग गर्दा पाएका छैनन् । बुवा बुद्धु चौहानको पेन्सन बापतको ५० हजार रुपैयाँ समेत उनले सहकारीमा बचत गरेका थिए ।

    बुवा र छोरा दुवैले जम्मा गरेको बचत रकम छोरीको विवाहमा खर्च गर्ने सोचमा उनी थिए । उनी भन्छन्–‘बचत फिर्ताको लागि जाँदा सहकारीमा ताला लागेको देखिन्छ । अध्यक्षसँग सोधपुछ गर्दा ‘सहकारी विवादमा, कर्मचारीहरु हिनामिना गरेका छन्। विवाद टुंगिएपछि मात्र बचत रकम फिर्ता हुन्छ’ भन्ने जवाफ आउँछ ।’

    उनले थपे–‘जम्मा गरेको रकम आवश्यक परेको हरेक खण्डमा पाउन सकिने विश्वासले नजिकको सहकारीमा राखेको थिए । तर, सहकारीबाट अब विश्वास उठेको छ ।’

    सम्मरीमाई–६ असुरैनाको छोटेलाल लोहारले वैशाख ८ गते छोरीको विवाहको लागि सहकारीमा बचत गरेको रकम समयमा नपाइने भएपछि सहकारीप्रति विश्वास गुमेको बताए । ‘आफ्नो रकम हुँदा पनि अरुसँग ऋण खोज्नुपरेको छ । सञ्चालक समिति र कर्मचारीको विवादले शेयर सदस्य तथा बचतकर्ताहरुले मर्कामा परेका छन्,’ उनले भने।

    स्वावलम्बन सहकारीका शेयर सदस्य राजकुमार केवटले बचत रकमबाट मासिक रुपमा नियमित खाने औषधी खरिद गर्छन । तर, अहिले सहकारीमा विवादले आफूले बचत गरेको रकममा आफ्नै अधिकार नदेखिएको बताए । उनले १ लाख ५० हजार बचत गरेको उक्त सहकारीबाट मासिक रुपमा निकाली नियमित औषधी उपचारमा खर्च गर्थे । तर, विवादका कारण शेयर सदस्य मर्कामा परेको उनले गुनासो पोखे ।

    विनोद वर्माले फलफूलको पसलबाट दैनिक रुपमा ५ सय रुपैयाँ गरेको बचत एक वर्षमा पाउने म्याद सकिन लागेको छ । उक्त म्याद पुरा हुन लागेसँगै उनको छोरीको विवाह पनि नजिकिदै छ । सहकारीको विवादले आफ्नै रकम पाउने चिन्ता लागेको उनी सुनाउँछन् ।

    यी केही प्रतिनिधिमुलक उदाहारणहरु हुन् । यस्ता धेरै बचतकर्ताहरु दैनिक सहकारीको कार्यालय र सहकारी अध्यक्षको घर पुगेर फर्किनुपर्ने बाध्यता छ । २४ सै घण्टा आकस्मिक ऋण उपलब्ध हुने नारा लगाएर बचत गर्न लगाएको सहकारीमा आफ्नै बचत रकम पाउन दौडधुपसँगै समस्याका बेला काम नलाग्ने देखिएको बचतकर्ताहरु सुनाउँछन् ।

    बैंकबाट भन्दा सहकारी नजिक र विश्वासिलो मानिएको मर्चवार क्षेत्रमा यस्ता घटनाहरुले सहकारीप्रति सर्वसाधरणहरुको विश्वास गुम्दै गएको स्थानीयहरु बताउँछन् ।

    गत फागुन २६ गते स्वावलम्बनका सञ्चालक समितिले उक्त कार्यालयमा रहेको व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको थियो । निलम्बनपछि उक्त विवाद अदालतमा पुगेकोले सहकारीको सम्पूर्ण सेवा बन्द हुन पुगेको छ । बचत रकम फिर्ता लिन, ऋण लिन, ऋणको साँवा तथा ब्याज तिर्न आउने शेयर सदस्यहरु कार्यालयबाट त्यत्तिकै फर्किने गरेका छन् ।

    सहकारी संस्थाका अध्यक्ष दीपचन्द्र मौर्यले सहकारीका व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको विषयमा अदालतले सबै कार्य यथावत राख्नु भनी गरेको आदेशले सहकारी बन्द अवस्थामा हुन पुगेको बताए ।

    उनले भने–‘म पनि सहकारीको शेयर सदस्य हो। अरु जस्तै मलाई पनि चिन्ता छ। तर, अदालतको अवहेलना पनि गर्न सकिन्न। चैत २६ गते अदालतमा साधरण तारेख छ। त्यसपछि पेशीमा परेपछि सहकारी सञ्चालनको बाटो खुल्ने आशा छ।’

    सञ्चालक समिति विवादलाई छिटो समाधान गरी पूर्ण रुपले नियमित सञ्चालन गर्नेतर्फ रहेको उनले बताए । आर्थिक कारोबारमा कर्मचारी र सञ्चालक समितिको संयुक्त दस्तखत चल्ने भएकोले तत्कालका लागि बचत रकम फिर्ता गर्ने अवस्था नदेखिएको उनले सुनाए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी मर्चवार मर्चवार सहकारी सम्मरीमाई गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.