
भैरहवा, २८चैत। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ स्थित पाँच तारे रिसोर्ट टाइगर प्यालेस बाइ सोल्टीले नेपाली नयाँ वर्षलाई विशेष बनाउने भएको छ।
रिसोर्टले आन्तिरक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ वर्षको पहिलो दिन चर्चित सांगीतिक ब्याण्ड कुटुम्बको प्रस्तुति राखेको छ। आगामी बैशाख १ गते रिसोर्टमा आउने पाहुनाको नयाँ वर्ष विशेष तुल्याउन सस्तो प्याकेज समेत घोषणा गरिएको जनाएको छ।
Advertisement
Advertisement
Advertisement

टाइगर प्यालेस बाइ सोल्टीका जनरल म्यानेजर (जीएम) अग्निमित्र शर्माका अनुसार नयाँ वर्षका दिन साँझ ७ देखि ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। यसक्रममा साँझ ८ देखि १० बजेसम्म सम्म कुटुम्ब ब्याण्डको प्रस्तुतिमा झुम्दै पाहुनाले स्वदाष्टि परिकारका साथ मनोरञ्जन लिन सक्ने व्यवस्था गरिएको छ।
उनका अनुसार १० देखि साढे ११ बजेसम्म डीजे म्युजिकको व्यवस्था गरिएको रिसोर्टले उक्त दिनका लागि सस्तोमा खानपिन प्याकेजसंगै सहभागीलाई विभिन्न उपहार, पुरस्कारको समेत व्यवस्था गरेको शर्माले जानकारी दिए ।
रिसोर्टले पाहुना र दर्शकका लागि स्थानीय र अन्तर्राष्ट्रिय परिकारको समेत व्यवस्था गर्ने जनाएको छ। रिसोर्टमा आउनेले त्यसदिन नेपाली संगितसंगै रैथाने र बिदेशी परिकारको स्वाद लिन पाउने टाइगर प्यालेसले जनाएको छ।

