
काठमाडौं,३१चैत। प्रहरीले हुण्डी कारोबारको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-१० बागडाँडाको १९ वर्षीया करिना देवकोटा रहेको प्रहरीले जनाएको छ।
काठमाडौंको न्यूरोडमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाको खटिएको टोलीले उनलाई
९ लाख रुपैयाँसहित पक्राउ गरेको हो। पक्राउ परेको देवकोटाको साथबाट ६ लाख रुपैयाँ बराबरको चेक पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

