


काठमाडौं,५ बैशाख। नेपाली सेनाले सिरियामा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ अन्तर्गत खटिएको टोलीउपर छानबिन सुरु गरेको छ।
गत ०८१ मंसिर २२ मा सिरियाको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूहले हमला गरी केही अत्याधुनिक हतियार लुटेका थिए । घटनापछि संयुक्त राष्ट्रसंघले छानबिन गरी हतियार फिर्ता गरेपनि नेपाली सेनाले आन्तरिक कमजोरीको मूल्यांकन गर्न छानबिन थालेको हो।

सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार जना अधिकारीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा अनुसन्धान सुरु गरेको छ। सैनिक प्रहरी गण सेनाका अधिकारीहरुले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो।
उक्त समयमै हतियार फिर्ता भएपनि मिसनमा रहेको टोलीबाट कुनै कमजोरी वा त्रुटी भए/नभएको एकिनका लागि छानबिन थालिएको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताए।

