


काठमाडौं,७ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता गराएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बन्दी प्रत्यक्षीकरणको निवेदन अदालतमा दर्ता भएको छ ।

लामिछानेले आफूलाई प्रचलित कानुन विपरित थुनामा राखिएको र थुना संविधान विपरित भएको दाबी गरेका छन् ।
पूर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बेरितको भएको भन्दै यस अघि सर्वोच्च अदालतमा दर्ता भएको निवेदन उपर अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।

