Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नगर प्रहरीले ज्यादती गरेको भन्दै सिद्धार्थनगरमा ज्ञापन
    अर्थ

    नगर प्रहरीले ज्यादती गरेको भन्दै सिद्धार्थनगरमा ज्ञापन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख ८, सोमबार १८:१२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ८ वैशाख। सिद्धार्थनगर नगरपालिका नगर प्रहरीले ज्यादती गरेको भन्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले पालिकाको कार्यालयमा ज्ञापन पत्र बुझाएको छ।

    पसल अगाडिबाट सामग्री उठाउने नाममा नगर प्रहरीले ज्यादती गरेको भन्दै सोमबार संगठनले सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘एकाएक नगर प्रहरीद्वारा पसलहरुको अगाडिबाट व्यापारीका सामग्रीहरु कुनै पनि प्रकारले उठाएर लैजाने क्रममा शरीरमा चोटपटक लाग्ने गरी जबरजस्ती धक्कामुक्की गर्नु, हातखुट्टा भाँच्नु, पर्यटकहरुसित अभद्र व्यवहार गर्ने कार्य भएको छ’, संगठनका अध्यक्ष दर्पण श्रेष्ठको दावी छ।

    उनले हालको परिस्थितिमा बजार चलायमान नभएर सम्पूर्ण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त रहेको बताए। नगर प्रहरीको बोल्ने व्यवहार, शैली, सामान उठाउने, पर्यटकहरुसँग गरिने व्यवहार राम्रो नरहेको, चेतावनी दिएर सामान उठाउनुपर्ने भए पनि राम्रो व्यवहार नगरिएको उद्योगी–व्यवसायीको गुनासो छ।

    नगर प्रहरीलाई प्रयाप्त तालिमको साथ परिचालन गर्नका लागि अध्यक्ष श्रेष्ठले आग्रह गरे। करारका गाडी चालकले आफ्नो हैकम जमाउँदै नगर प्रहरी समेत अदृश्य रुपमा परिचालन गर्न खोज्दा नगरवासीले दुःख खेप्नु परेको छ भने नगरपालिकाको कार्यालय समेत बदनाम हुन पुगेको छ ।

    ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गौतम कुमार गुप्ता, एशोसियट सदस्य राम अवध गुप्ता, कार्यसमिति सदस्य प्रियबन्ध न्यौपाने, कृष्ण प्रसाद मरासिनी लगायत सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए।

    र, यो पनि

    ओई सिद्धार्थनगर सरकार, नगर प्रहरीले लुटेरा शैली किन देखाएको ?

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इश्तियाक अहमद खाँ उद्योग व्यापार संगठन नगर प्रहरी सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते

    नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोग गर्दा शुल्क तिर्नुपर्ने, कुन सवारीलाई कति ?

    २०८३ कार्तिक १३, बिहीबार १२:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.