


कपिलवस्तु,८ बैशाख। कपिलवस्तु प्रहरीले पेस्तोल प्रर्दशन गर्दै टिकटक बनाउने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका ६ महादेवका २१ वर्षीय रघुविन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका युवक यादवले आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहित हातहतियार राखेर भिडियो प्रदर्शन गरेका थिए। टिकटक भिडियोबाट समाजमा डर त्रास उत्पन्न गराएकोले मायादेवी गाउँपालिकाको पकडीस्थित एक होटलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए।

पक्राउ परेका यादवलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा म्याद थप गरे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

