


विराटनगर,१६बैशाख। सुनसरीको धरानस्थित बरगाछीबाट चोरी भएको बस विराटनगरमा फेला परेको छ। गत बैशाख १२ गते व्यवसायी हरेन्द्र चेम्जोङको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस चोरी भएको थियो।
विराटनगर–१२ स्थित मंगलबारे चोक नजिक बसको पाटपुर्जा टुक्रयाउँदै कवाडीमा बिक्री गर्दै गरिएको अवस्थामा बस फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा बसका चक्काको भित्री फलामको रिङ्ग, इन्जिनसहितका सामाग्री बरामद भएको छ।। बस विराटनगर-१२ मा राखिएको छ।
कवाडी पसलको संचालक गीतादेवी साह फरार भएको र घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

