
काठमाडौं,२१ बैशाख। प्रहरीले स्रोत नखुलेको ९५ लाख बढी रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका-१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका-३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको ९५ लाख १७ हजार ५ सय रुपैयाँ बरामद भएको छ।
काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थान स्थित पशुपति भिजन अगाडि सडकमा मोटरसाइकलमा शंकास्पद अवस्थामा आएका उनीहरुको झोला खानतलासी गर्दा स्रोत खुल्न नसकेको उक्त रकम बरामद भएको परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपीलराज बोहोराले बताए।

