
भैरहवा,२६बैशाख। रुपन्देहीको ओमसतिया गाउँपालिकाको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले उचालेको छ।
शुक्रबार भएको फाइनल खेलमा वडा नम्बर २ को टोलीले वडा नम्बर ३ को टोलीलाई २ –० को सेटले पराजित गर्दै उपाधी उचालेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

खेलको पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोश्रो सेट १७–२५ अंकले जित निकालेको हो। उपाधिसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गरेको छ। उपबिजेतामा चित्त बुझाएको वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफि र पदक प्राप्त गर्यो।
शुक्रवार भएको तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टिमले गाउँपालिका कार्यालयको टिमलाई पराजित गर्दै नगद १५ हजार, ट्रफि र पदक प्राप्त गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुजा थारु घोषित भएर नगद ५ हजार पुरस्कार प्राप्त गरिन्।
विजेता र उपविजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष मन्जित यादव सोनु, उपाध्यक्ष एवम प्रतियोगिता संयोजक सुनिता चौधरी, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रशासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले पुरस्कार प्रदान गरे।
हाटी फर्साटिकर स्थित गाउँ पालिका भवनको प्राङ्गणमा भएको खेलमा ७ टिमले सहभागिता जनाएका थिए।

