


लुम्बिनी,२९बैशाख संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको बताएका छन्।
सोमबार २५६९ औं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उनले भने,‘लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि हो। बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उनको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ।’

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रुपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताए। उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गरे।
उनले भने ‘हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कामना गर्ने पावन भूमिको रुपमा स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौं पुस्तासम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो।’
उनले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको बताए। काठमाडौं बाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागू भएपनि कार्यान्वयनमा अझै केही समस्या रहेको उनको भनाइ छ।
उनले आगामी जेठ सात गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गरे।

