Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » धकधईमा जेठ १ देखि दोश्रो रोहिणी महोत्सव
    अर्थ

    धकधईमा जेठ १ देखि दोश्रो रोहिणी महोत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ बैशाख ३०, मंगलवार २२:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,३०बैशाख। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित धकधईमा दोस्रो रोहिणी सांस्कृतिक मेला महोत्सव हुने भएको छ। सामाजिक कार्यमा अग्रसर रहेको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा जेठ १ गते देखि जेठ १५गतेसम्म महोत्सव हुने भएको हो।

    न्यू एम के साउण्ड सिस्टमको व्यवस्थापनमा हुने महोत्सवमा नेपाल र भारतका कलाकारको प्रस्तुति रहने आयोजित पत्रकार सम्मेलनमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष इमरान खानले जानकारी दिए। उनका अनुसार १५ दिनसम्म आयोजना हुने महोत्सव साँझ पाँच बजेदेखि राति साढे दश बजेसम्म संचालन हुनेछ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले महोत्सवमा नेपाली कलाकार प्रिति पासवन, ज्योती मगर, दुर्गेश थापाका साथै भारतीय कलाकार धडकन धनन्जय लगायत विनिता शाही डान्स ग्रुपको प्रस्तुती रहने बताए। उनले भने,‘ महोत्सवमा केही चर्चित कलाकारहरु आउने पक्का भएको छ र केहीसँग कुराकानी भईरहेको छ।’ यस्तै महोत्सवमा कुस्ती प्रतियोगिता गराउने समेत प्रयास भइरहेको उनले जनाए।

    महोत्सवमा बिभिन्न ५० वटा स्टलका साथै बाल उद्यानहरु पनि छन्। महोत्सवमा स्थानीय उत्पादन, कृषि प्रर्दशनीसंगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएका छन्।

    महोत्सवको प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ भने बिद्यार्थीलाई भने २० प्रतिशत छुट दिईने क्लबका सचिव एवं कार्यक्रम संयोजक हसामुद्दिन अलीले बताए। उनक अनुसार महोत्सवमा करिब २० लाख खर्च हुने अनुमान गरिएको छ।

    ‘हामीले अझैसम्म कुनै सरकारी निकायबाट आर्थिक सहयोग पाएका छैनौं’,उनले भने,‘रोहिणी गाउँपालिकामा कार्यक्रम गरिएकोले पालिकाका अध्यक्षलाई प्रमुख अतिथिको लागि आग्रह गरेका छौं।’

    महोत्सवमा रोहिणी मात्र नभई यस आसपासका ओमसतिया गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, परासी र भारत सम्मका करिब ३० हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक अलीले बताए।

    २०२२ सालमा स्थापना भएको रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणी स्वास्थ्य शिविर, पर्यवरण सचेतना कार्यक्रम, रक्तदान लगायतको कार्यक्रममा सक्रिय रहेको छ। कार्यक्रमको सञ्चालन क्लबका कोषाध्यक्ष रुद्रराज सिग्देलले गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    धकधई रोट्रेक्ट क्लब अफ सेन्ट्रल रोहिणी रोहिणी गाउँपालिका रोहिणी महोत्सव
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.