


काठमाडौं,६जेठ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका ४२ वर्षीय रामु यादव रहेको प्रहरीले जनाएको छ।
नेपाल एयरलाइन्सको विमानमार्फत थाइल्याण्डको बैंककबाट काठमाडौं आएका यादवलाई चेकजाँच गर्ने क्रममा ४ किलो ६ सय ४० ग्राम गाँजा बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

