


काठमाडौं,६जेठ। सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने भएपछि पूँजीबजारको अवस्था सकारात्मक देखिएको छ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गर्नका लागि सत्तरुढ दलमा सहमती भएको खबर बाहिरिएपछि मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच अंकले बढेको छ। आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर दुई हजार ६७७.४५ विन्दुमा बन्द भएको हो ।

मंगलबार कारोबार रकम भने घटेको छ। आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार आज २२९ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५ वटा कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

