


काठमाडौं,९जेठ। सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाई गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमार्फत लाइसेन्स छपाई गर्ने भएको हो ।
जसका लागि विभाग र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। केन्द्रले क्युआर सहितका विभिन्न सुरक्षा विशेषता सहितको सवारी चालक अनुमति पत्र छपाई गर्नेछ। समझदारी अनुसार केन्द्रले आगामी असार मसान्त भित्रमा प्रथम चरणको छपाई गरि विभागलाई उपलब्ध गराउने छ।

केही दिन अघि दुवै मन्त्रालयबीच लाइसेन्स छपाईको विषयमा छलफल भएको थियो। तत्काल लाइसेन्स नपाउँदा राजश्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने वाध्यताको अन्त्यका लागि नागरिक एपमा चालक अनुमति पत्र समावेश समेत गरिएको छ।

