Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » राजनीतिक क्याम्पमा हलचल : बुढानिलकण्ढमा कांग्रेस, खुमलटारमा माओवादीको बैठक
    प्रमुख समाचार

    राजनीतिक क्याम्पमा हलचल : बुढानिलकण्ढमा कांग्रेस, खुमलटारमा माओवादीको बैठक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ १२, सोमबार ११:५० गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१२जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले एजेण्डा एउटा राखेर समसायिक राजनीतिक घटनाक्रमको छलफलका छुट्टाछुटै बैठक बसेका छन् ।

    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा माओवादीको पदाधिकारी बैठक बसिरहेको छ भने नेपाली कांग्रेस सभापति शेरबहादुरको निवास बुढानीलकण्ठ कांग्रेस पदाधिकारी बैठक जारी छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गंगानारायण श्रेष्ठनेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो । उनले बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताए ।

    भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखक मुछिएको अवस्थामा दुवै पार्टीको पदाधिकारी बैठक बसेको हो । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको पुतला जलाएको छ।

    यता गृहमन्त्रीको राजीनामाको विषयमा कांग्रेसका नेताहरु दुई कित्तामा उभिएका छन् । डा.शेखर कोइराला पक्षले गृहमन्त्री लेखकले आरोप लागेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सुझाएका छन् भने कृष्णप्रसाद सिटौला पक्षले गृहमन्त्रीको बचाउ गर्दै कुनै कर्मचारीले गरेको गल्तीलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताइरहेका छन्।

    त्यस्तै आज कांग्रेस र माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नु अघि आइतबार नै कांग्रेस सांसद समेत रहेका लेखकमाथि उठेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइसकेको बताइएको छ।

    नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकले गृहमन्त्री लेखकको विषय कांग्रेसको पोल्टामा नै छाडेको छ । बैठकपटि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साथमा राखेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग बैठक राखेर छलफल गरेका थिए।त्यसपछि प्रधानमन्त्री ओली र सभापति देउवाबीच एक्लाएक्लै छलफल भएको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेकपा (माओवादी केन्द्र) नेपाली कांग्रेस भिजिट भिसा प्रकरण रमेश लेखक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.