
काठमाडौं,१२ जेठ। नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको छ।
सोमबार बिहान बसेको पदाधिकारी बैठकले प्रकरणमा मुछिएकोले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनाए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले भने, ‘ आजको बैठकले गहृमन्त्रीरमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष छ।’
उनले स्वतन्त्र र निष्पक्ष छानबिनका लागि मन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’

