Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा नाकाबाट ४५ प्रतिशतले बढ्यो निर्यात
    अर्थ

    भैरहवा नाकाबाट ४५ प्रतिशतले बढ्यो निर्यात

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ १३, मंगलवार १२:२४ गते
    advertisement
    advertisement
    advertisement

    मनोरञ्जन शर्मा

    भैरहवा,१३जेठ। रुपन्देहीको भैरहवा नाकाबाट निर्यात व्यापार ४५ प्रतिशत बढीले बढेको छ।चालु आर्थिक वर्षको श्रावण देखि बैशाखसम्म भैरहवा नाका हुँदै १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यो गत वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव २२ प्रतिशत वृद्धि रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले बताए। गत आर्थिक वर्ष २०८०/८१ को श्रावण देखि बैशाखसम्म यस नाकाबाट ११ अर्ब ३२ करोडको सामान भारत तथा तेश्रो मूलक निर्यात भएको थियो।

    ‘विगतका वर्षमा भन्दा अहिले यस नाकाबाट निर्यात व्यापार राम्रो देखिएको छ’, उनले भने,‘यसले केही हद सम्म व्यापार घाटालाई कम गर्न मद्दत पुग्छ।’ चालु वर्षमा भैरहवा नाका हुँदै भन्सारको तथ्यांकमा भटमासको प्रशोधित तेल, सुर्यमुखीको प्रशोधित तेलको निर्यात उच्च देखिएको छ।

    भैरहवा भन्सार कार्यालयका अनुसार चालु वर्षको १० महिनामा भटमासको प्रशोधित तेल ४ अर्ब ९३ करोड बढी मूल्यको निर्यात भएको छ। विगतका वर्षमा सबैभन्दा बढी निर्यात हुनेमा एक नम्बरमा सेन्थेटिक यार्न रहने गरेकोमा अहिले भटमासको प्रशोधित तेलले उछिनेको छ।

    चालु आर्थिक वर्षको दश महिनामा भारत तथा टर्की लगायतका मुलुकमा निर्यात हुँदै सेन्थेटिक यार्न २ अर्ब ८४ करोड ८४ लाख ९६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ।

    त्यस्तै १ अर्ब २० करोड २२ लाख ९० हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ। लामो समय देखि रोकिएको सिमेन्ट निकासी एक महिना अघि देखि मात्र सुचारु भएको थियो। खयर कत्थाको निकासी पनि वृद्धि भएको छ। ७७ करोड ३२ लाख ५२ हजार रुपैयाँ बराबरको १० लाख ५० हजार ५ सय ६० किलो खयरकत्था निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

    पिना र त्यस्तै बस्तु ७२ करोड ९७ लाख ४३ हजार रुपैयाँ बढीको लाख ७६ हजार ८ सय ५० किलो निर्यात भएको छ। फलाम वा स्टिलका भाँडाकुँडाको निर्यात पनि बढदै गएको छ। फलाम र स्टीलको भाँडाकुँडा अधिकांश भैरहवा बिशेष आर्थिक क्षेत्र(भैरहवा सेज)मा उत्पादन हुने बस्तु हुन्। यी भाँडाकुँडाहरु ३४ लाख ८६ हजार ७ सय १२ किलोग्राम तौल बराबरको ६५ करोड ६८ लाख २० हजार रुपैयाँ बराबरको छन्।

    ५६ करोड ७० लाख ६९ हजार रुपैयाँ बढी मूल्य बराबरको चाउचाउ, पास्ता २३ लाख ७९ हजार ८ सय ११ किलो निर्यात भएको छ। खोटो रोजिन ४९ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको ३३ लाख ६७ हजार २ सय किलो निर्यात भएको छ।

    त्यसैगरी ४७ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको ४९ लाख १७ हजार २७ किलो बिभिन्न किसिमका जडिबुटीहरु निर्यात भएको छ भने ४० करोड ६४ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको २२ लाख ४२ हजार ३ सय ६५ लिटर सूर्यमुखी प्रशोधित तेल निर्यात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

    आयात ९.९९ प्रतिशतले वृद्धि

    भैरहवा नाका हुँदै आयात गत वर्ष भन्दा ९.९९ प्रतिशतले वृद्धि भएको छ। चालु वर्षको श्रावण देखि बैशाख सम्म १० महिनामा २ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँको बिभिन्न सामान आयात भएका छन्।

    आयात आकार गत आर्थिक वर्ष २०८०/८१को श्रावण देखि बैशाख भन्दा ९.९९ प्रतिशतले बढी रहेको भन्सार प्रमुख रेग्मीले बताए। गत वर्ष यही अवधीमा १ खर्ब ९६ अर्ब ८१ करोड रुपैयाँ बढी मूल्यका सामान आयात भएको थियो।

    यो नाका हुँदै सबैभन्दा बढी आयात हुने १० बस्तुहरुमा मोटरसाइकल, जीप, कार भ्यान, पेट्रोल, बिद्युतबाट संचालित जीप, कार भ्यान, शुद्ध फलाम (स्पोञ्ज,फ्रेस आइरन), डबल क्याब पिक अप गाडी, मोबाइल टेलिफोन सेट, एम.एस. विलेट, चकलेट, एलपी ग्यास रहेका छन्। यी वस्तुहरु आयात गर्दा संकलित राजस्वमा मध्ये ४६.९४ प्रतिशत योगदान रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आयात निर्यात भैरहवा भैरहवा भन्सार भैरहवा भन्सार कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.