


काठमाडौं,१३जेठ। राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान अर्थमन्त्री पौडेलले राष्ट्रपति भवन शीतल निवास पुगेर आर्थिक वर्ष २०८२ ८३ को बजेटका बारेमा ब्रिफिङ गरेका हुन्।
सरकारले संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुस्

