
भैरहवा,१३जेठ। प्रहरी लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-४ सेमरी बस्ने कैलालीको बर्दगोरिया गाउँपालिका-६ का २३ वर्षीय प्रेम रावत रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार लागुऔष नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले लु ७७ प ६३२६ नम्बरको मोटरसाइकलमा सवार रावतलाई मायादेवी गाउँपालिका ३ हरहरवाबाट ६ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

