


काठमाडौं,१५ जेठ। सरकारले वृद्धभत्ता अब ७० वर्षको उमेरदेखि मात्र उपलब्ध गराउने भएको छ। यस अघि ६८ वर्षको उमेरदेखि दिइँदै आएको भत्ता अब उमेर बढाएर ७० वर्ष पुर्याइएको छ।
‘उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन समेतलाई दृष्टिगत गरी आगामी आर्थिक वर्षदेखि ७० वर्ष पूरा भएका नागरिकले ज्येष्ठ नागरिक भत्ता प्राप्त गर्ने व्यवस्था मिलाएको छु’, आगामी आर्थिक वर्ष २०८२/८३ को संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने , ‘हाल प्राप्त गरिरहेका, दुर्गम क्षेत्र र लक्षित वर्गका ज्येष्ठ नागरिकका लागि भत्ता पाउने उमेर यथावत् राखेको छु।’

योसँगै अब ७० वर्षको उमेरदेखि मात्रै वृद्धभत्ता पाइने भएको छ ।

