


काठमाडौं,१८जेठ। प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिएको छ।
आइतबार भएको राजावादीको प्रर्दशन बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापालाई नियन्त्रणका लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले बताए। उनका अनुसार थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको छ।

बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ। राजावादीहरुले गत जेठ १५ गतेबाट काठमाडौंमा प्रर्दशन गर्दै आएका छन्।
कमेन्ट गर्नुस्

