


काठमाडौं,१८जेठ। राजावादीहरुको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा संसाद दीपक सिंहसहित ७ जनालाई रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार एक जनाबाहेक अन्य सात जनालाई जमानीमा रिहा गरिएको छ। हिरासतमा रहेका राजीव झालाई मुद्दा चलाउने प्रहरीको तयारी छ।

निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नक्साल क्षेत्रबाट प्रहरीले आइतबार थापासहित शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिनालाई पक्राउ गरेको थियो।

