


मोरङ,२१जेठ। जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको झन्डै डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा तीन जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई सहकारीको बचत अपचलनमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले जानकारी दिए।

उनका अनुसार उनीहरुलाई दोषी ठहर गरिए पनि दण्ड सजाय निर्धारण भने भोली (बिहीबार) को सुनुवाइमा हुनेछ।इजलासले सहकारीका सञ्चालकहरु आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ।
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहा शाखा कार्यालय खोलेर बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।

