
काठमाडौं,२८जेठ। नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै उनीहरुले ६ लाख रुपैयाँ ठगी गरेको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए । पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

