Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा वर्षेनी बढ्दै श्रीलंकन र थाइ पर्यटक
    अर्थ

    लुम्बिनीमा वर्षेनी बढ्दै श्रीलंकन र थाइ पर्यटक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ जेष्ठ २९, बिहीबार १४:१० गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२९जेठ। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकमध्ये सबैभन्दा बढी श्रीलंका र थाइल्याण्डका पर्यटकले भ्रमण गरेका छन्। अन्य देशका पर्यटकका तुलनामा बौद्ध धर्मप्रति आस्थावान यी दुबै देशबाट प्रत्येक वर्ष लुम्बिनी आउने पर्यटकको संख्या निरन्तर उकालो लाग्दै गएको छ।

    चालु वर्षको जनवरी देखी मे सम्म ५ महिनामा १२ हजार ८ सय ४१ जना श्रीलंकन र सोही अवधिमा १२ हजार ६८ थाइ पर्यटक लुम्बिनी आएका छन्। यी दुबै देशका नागरिकहरु प्राय स्थलमार्गको बेलहिया (भैरहवा)नाका हुँदै लुम्बिनी भ्रमणमा आउने गरेका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत वर्ष सन् २०२४ मा २३ हजार ५ सय ६९ श्रीलंकन लुम्बिनी आएका थिए। सोही वर्ष थाइल्याण्डबाट २१ हजार ४ सय १६ जना लुम्बिनी आए। त्यसैगरी सन् २०२३ मा १६ हजार १ सय ७२ जना श्रीलंकन लुम्बिनी आउँदा १५ हजार ७ सय २१ जना थाइल्याण्डबाट पर्यटकहरु आएका थिए।

    सन् २०२५ को जनवरीमा १ सय ९८, फेब्रुअरीमा ३ हजार ६ सय ८४, मार्चमा ८ हजार १ सय ६६, अप्रिलमा ६ सय ५५ र मे मा १ सय ३८ जना श्रीलंकन लुम्बिनी आएका थिए। यस्तै थाइल्याण्डबाट जनवरीमा २ हजार ७ सय २०, फेब्रुअरीमा ४ हजार ६ सय २०, मार्चमा ४ हजार २ सय २, अप्रिलमा २ सय २३ र मे मा ३ सय ३ जनाले लुम्बिनी भ्रमण गरेका छन्।

    श्रीलंकन र थाइ नागरिकहरु आफ्नो जीवनमा एक पटक लुम्बिनी जानै पर्ने मान्यता राख्छन्। त्यसैले पनि यी दुई देशबाट लुम्बिनी भ्रमण आउनेको संख्या अन्य देशका तुलनामा बढ्दै गएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा.हरिध्वज राईले बताए। दुबै देशका नागरिकहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेको छ।

    अघिल्लो महिना १६५ जना थाइ नागरिक एक विशेष पूजाका लागी बैंककबाट थाइ एयर एसियाको विमान चार्टर गरी आएका थिए । दुबै देशबाट अर्थात थाइल्याण्डको बैंकक र श्रीलंकाको कोलम्बोबाट साप्ताहिक रुपमा भए पनि सिधा उडान भैरहवा गर्न सके उक्त देशबाट पर्यटक अझ बढने पर्यटन व्यवसायीहरुको भनाई छ।

    थाइ एअर एशियाले हप्ताको २ उडान बैंकक भैरहवा सुरु गरेता पनि अहिले बन्द छ। लुम्बिनीमा श्रीलंका र थाइ सरकारद्वारा निर्मित बिहार रहेको छ। थाइ सरकार द्वारा निर्मित राजकीय थाइ बिहार लुम्बिनीमा रहेका बिहारहरु मध्ये निकै आकर्षक मानिन्छ। लुम्बिनी आउने जो कोही त्यहाँ पुग्ने गर्दछन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    थाइल्याण्ड पर्यटक लुम्बिनी लुम्बिनी विकास कोष श्रीलंका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.