


भैरहवा,२९जेठ। नेपालमा गत जेठ १५ गते भित्रिएको मनसुन प्रणाली पूर्वी भागबाट क्रमशः लुम्बिनी प्रदेशसम्म आईपुगेको छ।
पूर्वी भागबाट पश्चिम भागमा सर्दै आउँदा बिहीबार लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुन प्रणाली प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘यो वर्षको मनसुन प्रणाली आज २९ जेठका दिन कोशी प्रदेशको बाँकी भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘बाँकी भूभागहरुमा मनसुन भित्रिन अझै केही दिन लाग्ने सम्भावना रहेको छ।’
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै, देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

