
काठमाडौं,२असार। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन्।
परराष्ट्र मन्त्रालयमा सोमबार मन्त्री डा. राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त अवसरमा मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन्। राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरु सुरक्षित रहेको जानकारी गराए।
आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी गराएको थियो। पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा.राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन्।
मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो।

