


भैरहवा,७असार। रुपन्देही प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत, पाङराङ गाउँपालिका–९ सिरकाङका ३५ वर्षीय रेशम कुँवर रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा चेकजाँच गर्ने क्रममा कुँवरलाई लागुऔषध सहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरको साथबाट डाइजेपाम ६० पिस, बुप्रेनोर्फिन इन्जेक्सन ६० पिस, र प्रोमेथाजिन इन्जेक्सन ६० पिस लागुऔषध बरामद भएको हो।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

