


चितवन,११असार। चितवनको राप्ती नगरपालिका–४ मा श्रीमान–श्रीमतीले भिरबाट खोलामा हाम फालेका छन्।
खोलामा हाम फाल्दा श्रीमती वर्षीया कुमारी प्रजाको मृत्यु भएको छ भने श्रीमान् लीलाबहादुर प्रजा घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घरायसी विवादपछि श्रीमतीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। त्यसपछि उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि भिरबाट हाम फालेका थिए।
लीलाबहादुर गम्भीर घाइते छन् र हाल भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

