


भैरहवा,११असार। रुपन्देही प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का रंजन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जिल्ला अदालत रुपन्देहीले ०७९ जेठ २६ गते उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा चार वर्ष कैद सजाएको फैसला गरेको थियो । त्यसयता उनी फरार थिए।

फरार रहेका गुरुङलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए।

