Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » देव खनालको ब्याटिङले एशियन बुद्ध फाइनलमा
    खेलकुद

    देव खनालको ब्याटिङले एशियन बुद्ध फाइनलमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ११, बुधबार २३:११ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ११ असार । भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘एशियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एशियन बुद्ध टिम फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा एशियन बुद्धले न्यु होराइजनलाई ३४ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

    एशियन बुद्धले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १२१ रनको बलियो लक्ष्य दिएको थियो। जवाफी इनिङ्समा न्यु होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्र बनाउन सकेपछि पराजित हुन पुग्यो। खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका देव खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसैदिनको अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरीलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो। खुकुरीले दिएको ७६ रनको लक्ष्य तिरुपतिले २ विकेट मात्र गुमाएर सहजै पुरा गर्‍यो। ४१ रन र १ विकेट लिएका बसिर अहमद खेलका उत्कृष्ट खेलाडी भए।

    तेस्रो खेलमा प्रोफेसनल मास्टर्स–११ ले टीम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले हराउँदै सेमिफाइनलमा पुगेको छ । टस जितेर ब्याटिङ रोजेको प्रोफेसनलले ४ विकेट गुमाएर १०१ रन बनायो। जवाफमा टीम रेस्पोन्स ५० रनमै अलआउट हुन पुग्यो। ३ विकेट लिँदै ७ रन बनाएका सुरज खड्का ‘प्लेयर अफ द म्याच’ घोषित भए।

    प्रतियोगिताको सेमिफाइनलमा अब तिरुपति र प्रोफेसनल भिड्नेछन्। जहाँ विजेताले एशियन बुद्धसँग उपाधिका लागि खेल्नेछ।

    प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेता टिमले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ४० हजार नगद पुरस्कार दिइनेछ । यस्तै, सेमिफाइनल टिमहरुलाई १०–१० हजार नगद प्रदान गरिनेछ।

    प्रतियोगितामा म्यान अफ द सिरिजलाई १२ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहारकर्तालाई २५ सय र दर्शकदिर्घाबाट क्याच लिने दर्शकलाई ५ सय रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एशियन बुद्ध टीम रेस्पोन्स लुम्बिनी तिरुपति क्रिकेट क्लब प्रोफेसनल मास्टर्स लुम्बिनी खुकुरी क्लब सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    आइसीसी विश्वकप लिग २ को लागि यस्तो बन्यो नेपालको टिम

    २०८३ आश्विन १६, शुक्रबार १३:१२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.