
भैरहवा,२३असार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जर्नादन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिंगका संचालक विपिन कुमार पाण्डेयलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले क्लिक लुम्बिनीलाई जानकारी दिइन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले वडाअध्यक्ष यादवले वडामा संचालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग माग गरेको घुसरकम संचालक पाण्डेयले बुझेपछि घुससहित दुवै जनालाई नियन्त्रणमा लिइएको बताइन् ।

