


काठमाडौं,२३असार। आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरुलाई नेताका घरमा घरेलु कामदारका रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरुलाई नेताहरु तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरुको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन्।

उनले गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्दै भने तपाईंको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानबिन गर्न माग गरे।
उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताए।

