


काठमाडौं,२६असार। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचनको मिति नजिकिदैं गएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारका लागि आवेदन आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता मनीष झाका अनुसार, सचिवालय बैठकले उम्मेदवार छनोटसम्बन्धी कार्यविधि स्वीकृत गरी केन्द्रीय सदस्यहरुलाई रायका लागि पठाएको छ।

इच्छुक व्यक्तिहरुले दिएका आवेदनको मूल्यांकन गरी कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइने उनले बताए।
साथै, उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कामको नेतृत्व गर्ने जिम्मेवारी सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिने निर्णय पनि बैठकले गरेको छ।

