
भैरहवा,२९ असार। रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचनमा उम्मेदवारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ।
आईतबार बिहान बसेको जिल्ला कार्यसमितिको कार्यसम्पादन समितिको बैठकले आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि जिल्ला अध्यक्षसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको राप्रपाका केन्द्रिय सदस्य बसन्त विक्रम शाहीले बताए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार राप्रपाबाट उम्मेदवारका लागि रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, सिद्धार्थनगर नगरपालिका सदस्य गौरव बोहरा, प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा र जिल्ला प्रवक्ता एंव अधिवक्ता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरिएको छ।

‘बैठकले एक नम्बर, दुई नम्बर भनेर वरियताको आधारमा सिफारिस गरेको छैन’, स्रोतले भन्यो, ‘६ जनाको नाम सिफारिस भएको हो । त्यसैमध्ये एक जना उपनिर्वाचनमा पार्टीको उम्मेदवार हुन्छ।’
राप्रपाबाट निर्वाचित दीपक बोहराको निधन पछि अगामी कार्तिक १७ रुपन्देही-३ मा उपनिर्वाचन हुन लागेको छ। जसका लागि राजनीतिक दलहरु उम्मेदवार छनौट कार्यमा लागेका छन्।

